ठूलो परिणाममा नक्कली नोटसहित दुई पक्राउ

सांकेतिक तस्बिर।

जनकपुरधाम-  सर्लाही प्रहरीले ठूलो परिमाणमा नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ । बिहीबार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले हरिवन नगरपालिका ११ कडरिया चौकबाट दुईजनालाई पक्राउ गरेको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण धितालले जानकारी दिए ।

प्रहरीले घेरा हालेर दुबैजनालाई पक्राउ गरेको हो । प्रहरीले बरामद गरेको नक्कली नोट अहिले गणने काम भइरहेको प्रहरी उपरीक्षक धिताले बताए । उनले यस सम्बन्धमा विस्तृत आउन बाँकी रहेको जानकारी दिए ।

यसअघि मंगलबार राति करिब ९ बजे मलंगवा नगरपालिका ३ नगरपालिका चोकस्थित अण्डा पसलबाट १ हजार रुपैयाँ दरको २ वटा नक्कली नोटसहित प्रहरीले श्रीमान र श्रीमतीलाई पक्राउ गरेको थियो ।

माघ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्