मेटलाइफ पर्‍याे विश्वको सबैभन्दा प्रशंसित कम्पनीहरुको सूचीमा

काठमाडौँ– मेटलाइफ इन्स्योरेन्स विश्वको सबैभन्दा प्रशंसित कम्पनीहरुको सूचीमा पर्न सफल भएको छ। फच्र्युन म्यागजिन २०२४ को “विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीहरू“ को सुचीमा मेटलाइफ पर्न सफल भएको हो।

उत्कृष्ट प्रतिष्ठित कम्पनीहरूको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरुलाई उल्लेखित गरिएको थियो ।

लगानी मूल्य, व्यवस्थापनको गुणस्तर, सामाजिक उत्तरदायित्व तथा प्रतिभालाई आकर्षित गर्ने क्षमताजस्ता नौ विभिन्न कारकहरुमा बीमा उद्योगका कार्यकारीहरु, निर्देशकहरुसँग सर्वेक्षणमा मेटलाइफ प्रशंसित कम्पनीहरुको सूचीमा पर्न सफल भएको जनाएको छ।

मेटलाइफ सन २००१ देखि नेपालमा अमेरिकि लाइफ इन्स्योरेन्स कम्पनीको शाखाको रुपमा संचालन भइरहेको छ ।

 

माघ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्