सुविधा थप्न ल्याइएको अध्यादेश एमालेलाई स्वीकार्य हुन्नः कार्की

मोरङ – नेकपा एमालेले कोशी प्रदेश सभा सदस्य तथा पदाधिकारीलाई सुविधा थप्न ल्याइएको अध्यादेश फिर्ता लिन माग गरेको छ।

एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले विज्ञप्ति जारी गर्दै अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेका हुन्। सरकारले सुविधा बढाउन ल्याएको अध्यादेश एमालेलाई स्वीकार्य नहुने उनको भनाइ छ।

अध्यादेश जारी नगरी नहुने विशिष्ट परिस्थितिमा मात्र संसद् अधिवेशन चालु नरहेको अवस्थामा सरकारले अध्यादेश ल्याउन सक्ने उनले बताएका छन्। सरकारको काम लोकतान्त्रिक मूल्य मान्यताविपरीत हुँदै गएको उनले बताएका छन्।

माघ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्