सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने नापी अधिकृतसहित पाँच जना दोषी ठहर

फाइल तस्बिर।

काठमाडौँ – विशेष अदालतले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने मालपोत अधिकृतसहित पाँच जनालाई दोषी ठहर गरेको छ।

बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीश तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले भैरहवाका नापी अधिकृत घनश्याम दुवेलगायतलाई दोषी ठहर गरेको हो।

अख्तियरले २०७५ पुसमा भैरहवाका नापी अधिकृत घनश्याम दुवे, नापी सर्वेक्षक शौकात अली खाँ तथा मालपोत कार्यालय भैरहवाका नासु बलराम श्रेष्ठ र वडा सचिव धनेशचन्द्र गुरूङविरुद्ध मुद्दा दायर गरेको थियो।

उनीहरुले रुपन्देही सिद्धार्थनगर–३ को सरकारी जग्गा हालसाविक गर्दा अन्जनी बाँनियाको नाममा गरिदिएका थिए। मिलोमतोमा ६ कठ्ठा ६.५ धूर सरकारी जग्गा बानियाँको नाममा गरेको विशेषले ठहर गरेको छ।

माघ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्