एनसेलले गर्‍याे सुदूरपश्चिम र लुम्बिनीमा फोरजी सेवा सुधार

काठमाडौँ – एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा आफ्नो फोरजी सेवा सुधार गरेको छ।

आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैको पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता बमोजिम फोरजी सेवामा थप सुधार गरेको एनसेलले जनाएको छ।

देशका अन्य स्थानहरुमा पनि सेवाको अवस्था हेरी आवश्यक लगानी गर्दै विस्तारित फोरजी सेवामा थप सुधार गर्ने योजना रहेको एनसेलको भनाइ छ।

हाल फोरजी सेवा सुधार गरिएका ठाउँहरुमा सुदूरपश्चिमका बेलौरी, धनगढी, गौरीगंगा, घोडाघोडी, जानकी, कृष्णपुर र लम्कीचुहा रहेको छन् भने लुम्बिनी प्रदेशका बुटवल, देवदह, घोराही, लुम्बिनी साँस्कृतिक विकास क्षेत्र, नरैनापुर, ओमसतिया, सैनामैना, सिद्धार्थनगर, सुनवल, तिलोत्तमा र तुलसीपुर रहेका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकहरूको सङ्ख्या असोजसम्ममा ६८ लाख ८५ हजार रहेको छ।

माघ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्