तुलसीपुरमा सुनचाँदी पसलमा आगलागी

दाङ – दाङको तुलसीपुरस्थित एक सुनचाँदी पसलमा आगलागी भएको छ।

तुलसीपुर–५ ‘क’ लाइनस्थित बाणिज्य बैंक बसेको तल्लो तलामा रहेको न्यू नेपाल सुनचाँदी पसलमा बेलुका ७ बजेतिर आगलागी भएको थियो।

उक्त आगो पौने ८ बजेतिर दमकल, स्थानीय बासिन्दा, सुरक्षाकर्मीको प्रयासमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए।

सुनचाँदी पसलमा आगोले सुन, चाँदीलगायतका अधिकांश सामानमा क्षति भएको छ। उक्त सुन पसल व्यवसायी ललित गुप्ताको हो। सोही स्थानमै रहेको भाग्यलक्ष्मी इन्टरप्राइजेजका कपडामा पनि केही क्षति पुगेको छ। आगलागीको कारण भने पत्ता लाग्न सकेको छैन।

माघ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्