मेसीको मियामीको पोस्टमा रोनाल्डोको अल नासरले गर्यो आधा दर्जन गोल

अमेरिकी क्लब इन्टर मियामीले प्रि-सिजन टुरअन्तर्गत साउदी भ्रमणको दोस्रो खेलमा फराकिलो हार भोगेको छ।

मेसी समिलिन इन्टर मियामीले रोनाल्डो समिलित साउदी क्लब अल नासरसँग बिहीबार राति खेलेको खेलमा ६-० ले पराजित भएको हो। यद्यपि विश्व फुटबलका सर्वाधिक फ्यान फलोइङ भएका मेसी र रोनाल्डोबीचको खेल हेर्न प्रतीक्षामा रहेका लाखौं दर्शकको चाहना भने पूरा हुन पाएन।

चोटका कारण रोनाल्डो मैदानमा उत्रिएनन्। मेसी पनि अन्तिम केही मिनेट मात्र मैदानमा देखिएका थिए।

मेसी भने टिम ६-० ले पछि परेको अवस्थामा दर्शकको चाहनालाई ध्यानमा राख्दै अन्तिम ६ मिनेट मैदानमा उत्रिएका थिए। मियामीलाई स्तब्ध पार्न ब्राजिलियन खेलाडी टालिस्काले‌ ह्याट्रिक गरेका थिए। साउदीको प्रो लिग टोली अल नासरले सुरुवाती १२ मिनेटभित्रै तीन गोल गरेको थियो।

पहिलो हाफमा तीन गोल गरेको अल नासरले दोस्रो हाफमा थप तीन गोल गरेको थियो। उसका लागि थप गोल ओटाभिओ, लापोर्ट र मोहम्मद खलिल मारनले समान १-१ गोल गरेका थिए।

माघ १९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्