यू-१९ विश्वकप: आफ्नो अन्तिम खेलमा भारतसँग भिड्दै नेपाल

दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपको अन्तिम खेलमा नेपालले शुक्रबार (आज) भारतको सामना गर्दै छ। सुपर सिक्स अन्तर्गतको अन्तिम खेलमा नेपाल सेमिफाइनल नजिक रहेको भारत विरुद्ध खेल्न लागेको हो।

प्रतियोगितामा नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै प्रतियोगिताबाट बाहिरिएको थियो। यद्यपि पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो। भारत अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ। भारत नेपाल विरुद्ध झिनो अन्तरले हारेपनि सेमिफाइनल पुग्ने सम्भावना रहेको छ।

विश्वकपमा नेपाल र भारतबीच यो तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि नेपाल सन् २००० मा ८ विकेट र २०१६ मा ७ विकेटले पराजित भएको थियो। नेपालले आफ्नो इतिहासमा भारतलाई २०१७ को यू-१९ एसियाकपमा पहिलो पटक हराएको थियो। तर त्यसपछि भने नेपालले भारतलाई हराउन सकेको छैन्।

माघ १९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्