यू-१९ महिला साफ च्याम्पियनसिप आज देखी, नेपालले घरेलु टोली बंगलादेशसँग खेल्दै

यू-१९ साफ च्याम्पियनसिप आज देखी बंगलादेशमा सुरु हुँदै छ। प्रतियोगितामा नेपालसहित ४ टोली सहभागी छन्। नेपालसहित भारत,भुटान र बंगलादेशले प्रतियोगिता खेल्दै छन्। राउन्ड रोविन लिगका आधारमा हुने खेलमा शीर्ष २ स्थानमा रहने टोलीले फाइनल खेल्ने छन्।

प्रतियोगितामा उपाधि जित्ने लक्ष्यमा रहेको नेपालले पहिलो खेलमा आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ। साँझ ६ः४५ बजे सुरु हुने खेलमा नेपाल पहिलो खेलबाटै फाइनल सम्भावना बलियो बनाउने लक्ष्यमा रहेको छ। यस पटक नेपाली यूवा टोली प्रशिक्षक बालगोपाल साउखलको प्रशिक्षणमा मैदान उत्रिंदै छ।

एन्फाले खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेको थियो। जसहा ६ नयाँ अनुहारलाई टोलीमा समेटिएको छ। एकमहिना पनि गतिलो अभ्यास नगरेको यूवा टोलीले छोटो तयारीमा पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा प्रशिक्षक साउखलले बताएका छन्।

प्रशिक्षक साउखलले साउखलले छोटो तयारीका बाबजुत आफ्नो रणनिति अनुसार खेल्नका लागि खेलाडी तयार रहेको बताए। साहुखलले यसअघि यू–२० पुरुष टिमको सहायक प्रशिक्षक रहेर काम गरिसकेका छन्।

बंगलादेशको टोली समेत यो प्रतियोगितामा उपाधिको दाबेदार भएकाले कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। आजै अर्को खेलमा भुटान र भारत पनि प्रतिस्पर्धा गर्ने छन्। भारत दक्षिण एसियामा सबैखाले उमेर समूहमा दबदबा बनाउँदै आएको छ।

प्रतियोगितामा अब नेपालले ४ फेब्रुअरीमा भुटानसँग खेल्ने छ भने लिगचरणको अन्तिम खेलमा ६ फेब्रुअरीमा भारतसँग खेल्ने छ।

 

माघ १९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्