आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

सांकेतिक तस्बिर ।

काठमाडौं- साताको दोस्रो कारोबार दिन सोमबारदेखि निरन्तर उकालो लागेको सुनको मूल्यले आज अन्तिम दिन पनि निरन्तरता पाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य उकालो लागेको हो ।

लगातार पाँच दिनमा सुनको भाउ १५ सय रुपैयाँले बढ्न पुगेको छ । जसमा सोमबार, मंगलबार, बुधबार र बिहीबार क्रमशः ३००, ३००, १०० र ५०० रुपैयाँले बढेको थियो । त्यसैगरी आज ३०० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १९ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बिहीबार छापावाल सुन १ लाख १९ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो । शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको १४ सय १५ रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय १० रुपैयाँ कायम रहेको थियो ।

माघ १९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्