दलका सचेतक र प्रमुख सचेतकसँग सभामुखले छलफल गर्ने

फाइल फाेटाे ।

काठमाडौँ-सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्ने भएका छन्।

सभामुख घिमिरेले आसन्न संसदको हिउँदे अधिवेशन तयारीका सम्बन्धमा शुक्रबार अपरान्ह ४ बजे सिंहदरवारस्थित कार्यकक्षमा प्रमुख सचेतक र सचेतकहरुसँग छलफलका लागि बोलाएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ।

संसदको हिउँदे अधिवशन माघ २२ गतेबाट सुरु हुँदैछ।

 

माघ १९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्