पीडितलाई न्याय दिने गरी टिआरसी विधेयक टुंग्याउनु पर्छः रास्वपा

सन्तोष परियार। फाइल

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक छिटो टुंग्याउनुपर्नेमा जोड दिएको छ।

पीडितमैत्री बनाएर सो विधेयकलाई छिटो टुंगोमा पुर्‍याउनुपर्नेमा आफ्नो पार्टीको धारणा रहेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताएका हुन्।

शुक्रबार सिंहदरबारमा पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले पीडितले न्याय पाउने गरी सोसम्बन्धी विधेयकलाई छिटो टुंग्याउनुपर्ने बताए। प्रमुख सचेतक परियारले सो विधेयक अघि बढाउने कुरामा अब ढिलाइ गर्न नहुने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीले द्वन्द्वमा परेकाहरुलाई न्याय दिने कुरामा सबै राजनीतिक दलहरु सहमतिनजिक रहेकाले पनि सो विधेयक टुंगोमा पुर्‍याउने कुरामा ढिलाइ गर्न नहुने धारणा राख्दै आएको छ।

माघ १९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्