काठमाडौँ – नेपाली कांग्रेसको संसदीय दलको बैठक सकिएको छ।

नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको बैठकले संसदको हिउँदे अधिवेशनमा सक्रिय सहभागिता जनाउन सांसदहरुलाई निर्देशन दिएको छ।

यस्तै, बैठकले सांसदहरुलाई काठमाडौँ नछाड्न निर्देशनसमेत दिएको छ। संसद र संसदीय समितिका बैठकमा मन्त्रीहरुको उपस्थिति अनिवार्य गर्नेबारे पनि छलफल भएको छ।

कांग्रेस संसदीय दल बैठकमा विनोद चौधरी। तस्बिर: बर्षा शाह