मानव अधिकार उल्लंघनकर्ताको सूचीबाट प्रभु साहको नाम हटाउन आजपाको माग

प्रभु साह

वीरगञ्ज – आम जनता पार्टी (आजपा)ले मानव अधिकार उल्लंघनकर्ताको सूचीबाट पार्टी अध्यक्ष प्रभु साहको नाम हटाउन माग गरेको छ।

राष्ट्रिय मानव अधिकार आयोगले साहको नाम मानव अधिकार उल्लंघनकर्ताको सूचीमा प्रकाशित गरेपछि आजपाले हटाउन माग गरेको हो।

शुक्रबार आजपाका प्रवक्ता चन्द्रभूषण साहले विज्ञप्ति जारी गर्दै मानव अधिकार उल्लंघनकर्ताको सूचीमा साहको नाम रहेकोप्रति ध्यानाकर्षण भएको बताएका छन्।

आयोगले मानव अधिकार उल्लंघनकर्ता भनेर साहसहित तत्कालीन नेकपा (माओवादी)का १० नेताको नाम प्रकाशन गरेको छ।

माघ १९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्