उदय र सचिनको शतकमा भारत द्वारा नेपाललाई २ सय ९८ रनको लक्ष्य

यू-१९ विश्वकपमा सुपर सिक्सको अन्तिम खेलमा नेपाल विरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको भारतले नेपाललाई २ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ। भारतको जितमा कप्तान उदय शाहरन र सचिन दासले शतक पुरा गर्दा नेपालले चुनौतीपूर्ण लक्ष्य पाएको हो। भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९७ रन बनाएको थियो।

६२ रनमा ३ विकेट गुमाएको भारतका लागि दास र  शाहरनले चौथो विकेटका लागि २ सय १५ रनको साझेदारी गरेका थिए। भारतका लागि दासले १ सय १ बलको सामना गर्दै ११ चौका र ३ छक्काको सहयोगमा १ सय १६ रन बनाएर आउट हँदा। कप्तान शाहरनले १ सय ७ बलमा १०० रन बनाएर आउट भए। उनले आफ्नो इनिङमा ९ चौका प्रहार गरेका थिए।

त्यसअघि आदर्स सिंह २१ रन बनाएर आउट हुँदा आर्सिन कुलकर्नीले १८ तथा प्रियान्सु मोलीया १९ रनमा आउट भएका थिए। नेपालका लागि गुल्सन झाले तीन विकेट लिंदा आकाश चन्दको नाममा एक विकेट रह्यो। मोलीया भने रनआउट भएका थिए। केही बेरपछि नेपालले जवाफि इनिङ सुरु गर्ने छ।

माघ १९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्