बद्री पंगेनी र शान्ति भण्डारीको गीत ‘चोली फेर्ने माया’ सार्वजनिक (भिडियो)

काठमाडौँ – बद्री पंगेनी र शान्ति भण्डारीको स्वरमा रहेको ‘चोली फेर्ने माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ। शुक्रबार काठमाडौँमा एक कार्यक्रमबीच गीत र भिडियो सार्वजनिक गरिएको हो।

सार्वजनिक समारोहमा बोल्दै गायक बद्री पंगेनीले आजभोलि गीत नहेर्ने, शेयर गरिहाल्ने परम्परा विकसित हुँदै गएकोप्रति दुःख व्यक्त गरे। उनले एउटा सर्जकले गीत लेख्दा धेरै मेहनत गरेको हुने भन्दै सबैले प्रतिक्रिया दिन आग्रह गरे।

कार्यक्रममा अभिनेता पुष्प खड्काले लोक गीत नेपालको मौलिक संस्कृति र पहिचान भएको बताए। लोक गीत चलचित्रबाट कहिल्यै टाढा नहुने उनको भनाइ थियो।

कार्यक्रममा बोल्दै गायक शिव हमालले चोली फेर्ने माया उत्कृष्ट कलाकारहरुबाट भरिपूर्ण र भाग्यमानी गीत भएको बताए। गीतमा शिव हमालको शब्द रचना र संगीत रहेको छ।

माघ १९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्