काठमाडाैँ – आफ्नो रीतिरिवाज तथा परम्परालाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन लोकल युथ अफ मुस्ताङ वेलफेयर ट्रष्टले ‘ब्रिङ्गिङ मुस्ताङ टु काठमाडौँ’ कार्यक्रम सुरु गरेको छ।

काठमाडौँको हयात होटलको छेउमा रहेको तारागाउँ संग्रहालयमा शुक्रबारदेखि सुरु भएको कार्यक्र माघ २० गतेसम्म सञ्चालन हुँदै छ। कार्यक्रममा प्रत्यक्ष परम्परागत गीत, नृत्य, संगीत, कला संस्कृति, खाना लगायत प्रस्तुत गरिएको छ।

मुस्ताङका स्थानीय उत्पादनलाई चिनाउन विभिन्न स्टलहरु राखिएका छन्। कार्यक्रममा स्थानीय परम्परा नाच, हस्तकला, खाना प्रदर्शन गरिएको थियो। मुख्य प्रायोजकको रुपमा अमेरिकी दूतावास, डब्लुडब्लुएफ, लोमन्थाङ गाउँपालिका र लिक्तसि कोरला (निर्यात र आयात) बोर्डर रहेका छन्।

कार्यक्रमका लागि संघीय सरकारले आर्थिक सहयोग नगरे पनि स्थानीय सरकारले सहयोग गरेको वेलफेयर ट्रष्टका अध्यक्ष छिरिङ फन्जो गुरुङले बताए। उनले भने,’विभिन्न संघ संस्था तथा आफन्त र साथीहरुको आर्थिक सहयोगमा कार्यक्रम गरेका हौँ। संघीय सरकारले आर्थिक सहयोग गरे आउँदा वर्षहरुमा पनि गछौँ।’ उनले शनिबार डकुमेन्ट्रीहरु प्रदर्शन गरिने तथा अन्य कार्यक्रमहरु पनि हुने बताए।

हेर्नुहोस् तस्बिरहरुः