एसियन कप: ताजिकिस्तानलाई हराउँदै जोर्डन पहिलो पटक सेमिफाइनलमा

कतारमा जारी एसियन कप फुटबलमा जोर्डनले एतिहासिक उपलब्धि हासिल गरेको छ। शुक्रबार साँझ भएको क्वाटरफाइनल खेलमा ताजिकिस्तानलाई १-० ले हराउँदै जोर्डन सेमिफाइनल प्रवेश गरेको हो।

पहिलो पटक एसियनकपको सेमिफाइनल पुग्ने क्रममा जोर्डनका लागि खेलको एकमात्र गोल आत्मघाती गोलको रुपमा रहेको थियो। ६६ औं मिनेटमा कर्नर किक क्लियर गर्ने क्रममा ताजिकिस्तान भाखदात खानोनोभले बल आफ्नै पोस्टमा गोल गर्न पुग्दा जोर्डनले इतिहास बनायो। अन्ति सम्म उक्त अग्रता कायम राख्न जोर्डन सफल भएको थियो।

ताजिकिस्तान पहिलो पटक एसियन कपमा छनोट हुँदै सनसनिपूर्ण प्रदर्शनका साथ क्वाटरफाइनल पुगेको थियो। जोर्डनले अब सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण कोरिया बीचको विजेता सँग  फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ। सो क्वाटरफाइनल खेल आज राति हुँदै छ।

 

माघ १९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्