यू-१९ विश्वकप: नेपाललाई हराउँदै भारत सेमिफाइनलमा

काठमाडौं- यू-१९ एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत सुपर सिक्सको दोस्रो तथा अन्तिम खेलमा नेपाल भारतसँग १ सय ३२ रनले पराजित भएको छ। समूहचरणमा अफगानिस्तानलाई हराउँदै सुपर सिक्सको यात्रा तय गरेको नेपाल आफ्ना खेल अघिनै सेमिफाइनल सम्भावनाबाट बाहिरिएको थियो।

तर सुपर सिक्सका दुबै खेल गुमाएसँगै नेपाल जितविहीन रह्यो। सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो। नेपाललाई पराजित गरेको साविक च्याम्पियन भारत भने प्रतियोगितामा अपराजित रहँदै सेमिफाइनल प्रवेश गर्न सफल भयो।

नेपाल विरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको भारतले जितका लागि २ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा नेपाल निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रनमा समेटियो।

नेपालका लागि कप्तान देव खनालको ३३ रन सर्वाधिक रह्यो। त्यस्तै थप दोहोरो स्कोरका रुपमा दिपक बोहराले २२ रन बनाउँदा अर्का ओपनर अर्जुन कुमालले २६ रन बनाएका थिए। यि दुईबिच पहिलो विकेटका लागि ४८ रनको साझेदारी भएपनि त्यसपछि भने नेपाली इनिङ समालिन सकेन्। थप दोहोरो स्कोरका रुपमा १० औं नम्बरमा आएका आकाश चन्दले १८ र ११ औं नम्बरमा आएका दुर्गेश गुप्ताले २९ रन बनाएका थिए। उनीहरुले १० औं विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए। भारतका लागि सौम्य पाण्डेले ४ विकेट लिंदा आर्सिन कलकर्नीले २ तथा राज लिम्बानी, आराध्या शुक्ला र मुर्गन अभिसेकले समान १-१ विकेट लिएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतका लागि कप्तान उदय शाहरन र सचिन दासले शतक पुरा गर्दा नेपालले चुनौतीपूर्ण लक्ष्य पाएको हो। भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९७ रन बनाएको थियो।

६२ रनमा ३ विकेट गुमाएको भारतका लागि दास र  शाहरनले चौथो विकेटका लागि २ सय १५ रनको साझेदारी गरेका थिए। दासले १ सय १ बलको सामना गर्दै ११ चौका र ३ छक्काको सहयोगमा १ सय १६ रन बनाएर आउट हँदा। कप्तान शाहरनले १ सय ७ बलमा १०० रन बनाएर आउट भए। उनले आफ्नो इनिङमा ९ चौका प्रहार गरेका थिए।

त्यसअघि आदर्स सिंह २१ रन बनाएर आउट हुँदा आर्सिन कुलकर्नीले १८ तथा प्रियान्सु मोलीया १९ रनमा आउट भएका थिए। नेपालका लागि गुल्सन झाले तीन विकेट लिंदा आकाश चन्दको नाममा एक विकेट रह्यो। मोलीया भने रनआउट भएका थिए।

माघ १९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्