सरकारका कामकारबाहीले देश लथालिङ्ग भयोःउपाध्यक्ष पौडेल

फाइल फोटो।

काठमाडौँ-नेकपा एमालेका उपाध्यक्ष एवं सांसद विष्णु पौडेलले देश अफ्ठ्यारो स्थितिमा रहेको बताएका छन्। शनिवार रुपन्देहीमा भएको प्रेस चौतारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता—२०८० को अवसरमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले अहिले देशको राजनीति बिग्रिरहेको दाबी गरे। राजनीति सङ्लो नभएसम्म देश ठिक ढंगबाट अघि बढ्न नसक्ने दाबी गरे। उनले सरकार र सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिंग र भताभुंग भएको बताए।

उनले भने,‘देश धेरै अफ्ठ्यारो अवस्थामा छ। देशले धेरै ठूलो सफर गरिरहेको छ। म यहाँहरुलाई बताउन चाहन्छु। जबसम्म राजनीति संङ्लो हुँदैन। तबसम्म देश ठिक ढंगले अघि बढ्न सक्दैन। अहिले देशको राजनीति बिग्रिरहेको छ। खासगरी सरकार र सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिंग छ। भताभुंग भएको छ। यसलाई लयमा फर्काउनु पर्ने ट्रयाकबाट हिँडाउनुपर्ने चुनौति र परिस्थिति छ।’

उपाध्यक्ष पौडेलले बिग्रिएको राजनीतिलाई लयमा फर्काउनु पर्ने चुनौतिपूर्ण परिस्थिति रहेको बताए।

माघ २०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्