बेलिङ्घमले ग्रिनवुडलाई ‘बलत्कारी’ भनेपछि छानविन गर्दै लालिगा

काठमाडौँ-स्पेनिस क्लब रियल म्याड्रिडका फर्वाड जुड बेलिङ्घमले मसन ग्रिनवुड विरुद्ध अपमानजनक शब्द प्रयोग गरेको भन्दै उनले लालिगामा उजुरी गरेका छन्।

रियल म्याड्रिड र गेटाफे बीच बिहीबारको खेलका दौरान बेलिङ्घमले ग्रीनवुडलाई‘बलात्कारी’ भनेको भन्दै जुड बेलिङ्घम विरुद्ध ला लिगामा रिपोर्ट गरिएको छ।

गेटाफे अधिकारीहरूले बेलिङ्घमको कथित टिप्पणीलाई रेफ्रीलाई म्याच रिपोर्टमा समावेश गर्न अनुरोध गरेका थिए। उनीहरुको गुनासो अब लालिगामा दर्ज भएको छ। दुई खेलाडीहरू पहिलो पटक स्पेनिस शीर्ष लिगमा एक अर्का विरुद्ध भिडेका थिए।

जहाँ बेलिङ्घमको म्याड्रिड २-० ले विजयी भएको थियो। यो बिचमा ग्रीनवुड र बेलिङ्घम धेरै पटक आमुन्ने सामुन्ने भए। तर एक अवसरमा ट्याकल हुँदा उनले ‘रेपिस्ट’ शब्द बोलेको जस्तो देखिएको छ।

घटनालाई टिभीमा हेरिरहेका प्रशंसकहरूले समेत आलोचना गरेका छन्। केहीले बेलिङ्घमले वास्तवमा के भनेका थिए भनेर अनुमानहरु मात्र गरिएको बताएका छन्। यद्यपि लिपसिङ्ग विशेसज्ञलाई के भनिएको हो भनेर सोधिने जनाइएको छ।

गेटाफेले ‘शुक्रबार’ ला लिगाका म्याच निर्देशकलाई उजुरी हस्तान्तरण गरेको छ। उजुरी पछि ला लिगाले सधैं यस्ता विषयमा अनुसन्धान गर्न शंका भन्दा प्रमाण महत्वपूर्ण हुने भन्दै लिप रिडिंग विशेषज्ञको रिपोर्ट झिकाउन अनुरोध गर्ने जनाएको छ।

ग्रीनवुड म्यानचेस्टरबाट लोनमा गेटाफे पुगेका हुन्। अक्टोबर २०२२ मा बलात्कार प्रयास गरेको भन्दै उनीमाथि आरोप लगाइएको थियो। यद्यपि फेब्रुअरी २०२३ मा उनलाई उक्त आरोपमा सफाइ दिइएको थियो।

माघ २०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्