पुनम पाण्डेले भनिन्ः म ज्यूँदै छु, जनचेतनाका लागि मृत्युको झुटो खबर फैलाएँ

काठमाडौँ – भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेले आफू ज्यूँदै रहेको बताएकी छन्। शनिबार सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा भिडियो पोष्ट गर्दै उनले जनचेतनाका लागि आफैले मृत्युको खबर फैलाएको बताएकी हुन्।

शुक्रबार पाठेघरको मुखको क्यान्सरका कारण ३२ वर्षीया पाण्डेको निधन भएको खबर उनकै सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।

उनल भनेकी छन्,’म ज्यूँदै छु। सर्भिकल क्यान्सरबाट मेरो मृत्यु भएको छैन।’

उनले सर्भिकल क्यान्सरबारे जनचेतना जगाउने उद्देश्यले आफ्नो मृत्युको झुटो खबर फैलाएको प्रष्टीकरण दिएकी छन्।

चर्चाका लागि सामाजिक सञ्जालमा भ्रमपूर्ण खबर फैलाएको भन्दै उनको आलोचना भइरहेको छ।

माघ २०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्