काठमाडौँ – राजसंस्था पक्षधरहरुले नारायणहिटी दरबारअगाडि प्रदर्शन गरेका छन्।

हिन्दु राष्ट्रसहितको राजसंस्था पुनःस्थापनाको माग गर्दै शनिबार दिउँसो नारायणहिटीअगाडि प्रदर्शन भएको हो।

प्रदर्शनमा सहभागीहरु नेपालको राष्ट्रिय झण्डासहित नारायणहिटी पुगेका थिए। त्यसक्रममा उनीहरुले राजसंस्थाको पक्षमा नाराबाजी गरेका थिए।

प्रदर्शनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतको सहभागिता थियो।