इतिहास रच्दै आर्मीले जित्यो आहारारा पोखरा गोल्डकप

पोखरा – २३ औं संस्करणको आहारारा पोखरा गोल्डकपको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ। योसंगै आर्मीले पहिलो पटक आहारारा उपाधि जित्दै इतिहास बनाएको छ।

शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा आर्मीले ३–० को गोलअन्तरले थ्रीस्टार क्लबलाई पराजित गर्दै उपाधी जितेको हो।
आर्मीको जितमा जिलेप्सीजंग कार्की, फत्तेमान घले र वसन्त जिम्बाले समान १/१ गोल गरे।

खेलको ३८ औं मिनेटमा जिलेप्सीजंगले पहिलो गोल गर्दै अग्रता दिलाए। खेलको ८३ औं मिनेटमा आर्मीका फत्तेमान घलेले व्दोस्रो गोल थप्दै अग्रता दोब्बर बनाए।

खेलको ९४ औं मिनेटमा वसन्त जिम्बाले अर्को गोल गर्दै टिमको जित सुनिश्चित पारे। आर्मी अहिलेसम्म गरेर १५ औं पटक आहारारा पोखरा गोल्डकपमा सहभागी भएको छ। तर, उपाधी भने पहिलोपटक जितेको हो। थ्रीस्टारले यसअघि ५ पटकसम्म उपाधि जितिसकेको टोली हो।

२०७५ मा भएको फाइनल भिडन्तमा आर्मीलाई थ्रीस्टारले पेनाल्टी सुट आउटमा पराजित गरेको थियो। यसपालि आर्मीले उपाधि मात्रै जितेन ५ वर्षपछि थ्रीस्टारसँग सानदार बदलासमेत लिएको छ।

२०६० सालमा पहिलो पटक सहभागी भएको आर्मीले सेमिफाइनलसम्मको यात्रा तय गर्योए। त्यसपछि ४ पटकसम्म फाइनल यात्रा तय गरेर पनि रित्तै घर फर्किरहेको थियो।अभागी टोलिको रुपमा चिनिएको आर्मीको यसपाली भने भाग्योदय भएको छ।

माघ २०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्