सेन्ट जेभियर्स र जय बागेश्वरी सेमिफाइनलमा

नेपालगञ्ज – नेपालगञ्जमा सञ्चालन भइरहेको मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगितामाको छात्रतर्फ जय बागेश्वरी इंग्लिस मेडियम स्कूल र नेपालगञ्ज सेन्ट जेभियर्स सेमिफाइनलमा प्रवेश गरेका छन्।

नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा शनिबार जय बागेश्वरीले ड्रिमल्याण्ड र सेन्ट जेभियर्सले सेन्ट थोमसलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन्।

जय बागेश्वरीले ड्रिमल्याण्डलाई १–० गोलले पराजित गरेको छ। खेल शुरु भएको ७ औं मिनेटमा जय बागेश्वरीका पुष्कर साउदले गरेको गोल नै निर्णायक भएको थियो। यो खेलमा साउद नै म्यान अफ द म्याच भए। उनलाई नेपाल टेलिभिजन क्षेत्रीय प्रशारण केन्द्र कोहलपुरका प्रमुख विजय बर्मा र प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ, बाँकेका सल्लाहकार ललित रौनियारले पुरस्कृत गरे।

अर्को खेलमा सेन्ट जेभियर्सले सेन्ट थोमसलाई २–१ गोलले पराजित गर्‍यो। १२ मिनेटमा पुष्कर भण्डारीको गोलबाट सेन्ट जेभियर्सले अग्रता लिएको थियो। ४५ मिनेटमा विपिन खड्काले गोल गर्दै टीमको अग्रता अझ बढाए। सेन्ट थोमसका निशान्त न्यौपानेले ५५ मिनेटमा गोल गरेका थिए। अन्तिमतिर गोल गरेर आक्रामक बनेको सेन्ट थोमसले त्यसपछिका अवसर खेर फाल्दा पराजित हुन पुग्यो। यो खेलमा जेन्ट जेभियर्सका निशान्त शाही म्याद अफ द म्याच भए। उनलाई लुम्बिनी प्रदेशका सांसद दुर्गाबहादुर चौधरीले पुरस्कृत गरे।
प्रतियोगितामा २८ वटा स्कूलले भाग लिएका छन्। नेपालगञ्ज उपमहानगरपालिका वडा नं। १ को एन्फा ग्रासरुट टे«निङ सेन्टरमा प्रतियोगिता भइरहेको छ। प्रतियोगिताको विजेताले २१ हजार उपविजेताले ११ हजार प्राप्त गर्नेछन्।

माघ २०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्