गठबन्धनवालाहरुको गलत नीतिले मुलुक कमजोर भयोः ओली

फाइल तस्बिर।

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको गलत नीतिका कारण मुलुक कमजोर भइरहेको बताएका छन्।

अध्यक्ष ओलीले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर हुनुमा पनि गठबन्धन सरकारको गलत नीति नै मुख्य कारण रहेको जिकिरसमेत गरे।

शनिबारबाट काठमाडौँको टुँडिखेलमा सुरु भएको युवा महोत्सव कार्यक्रममा बोल्दै उनले रेमिटयान्सको भरमा मुलुक चल्ने कुरा खतरनाक हुने भए पनि सरकार त्यसैमा आनन्द मानेर बसिरहेकोसमेत बताए।

युवालाई उद्यमी बनाउने काममा प्रेरित गर्न नसकिएको उल्लेख गर्दै उनले त्यस काममा पनि सरकारले ध्यान नदिएको बताए।

उनले भने,‘गठबन्धनवालाहरुको नीति नै गलत छन्। नेपाललाई शिक्षाको हब बनाउनुपर्ने, स्वास्थ्यको हव बनाउनुपर्ने। यहाँ शिक्षा र स्वास्थ्यको अवसर समाप्त पार्ने काम भइरहेको छ। यसलाई प्राविधिक शिक्षाको हब बनाउनुपर्ने, यस्तो ठाउँमा आज शिक्षाका लागि बाहिर जाने अवस्था छ।’

माघ २०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्