आगामी वर्ष खेलकुदमा बजेट बढाउँछुः अर्थमन्त्री महत

फाइल तस्बिर।

काठमाडौँ – अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

शनिबार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गर्दै उनले अरु क्षेत्रको बजेट कम गरेर भए पनि आगामी आर्थिक वर्षमा खेल क्षेत्रमा उल्लेख्य बजेट थप्ने बताए।

उनले सबैभन्दा धेरै बजेट क्रिकेटमा खर्च गरिने उल्लेख गरे। उनले क्रिकेटलाई थप प्रोत्साहन गर्न सरकारले राष्ट्रिय गौरवको मान्यता दिएर क्रिकेट स्टेडियमहरु बनाइरहेको दाबी गरे। उनले क्रिकेट अन्तर्राष्ट्रिय रुपमा नेपाललाई चिनाउने महत्वपूर्ण विधा भएको बताए।

माघ २०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्