समीर र माछापुच्छ्रुेले उपाधि बाँडे

पुनहिल कप भलिबलः माछापुच्छ्रुे र रामबजार च्याम्पियन

पोखरा – पोखरामा भएको प्रथम पुनहिल कप भलिबल प्रतियोगिताको पुरुषतर्फ दाबेदार टोलीले उपाधि बाँडेका छन्।

शनिबार साँझ खेल सम्पन्न हुन नसकेपछि फाइनल पुगेका माछापुच्छ्रुे गाउँपालिका र समीर सुनचाँदी पसलले उपाधि राशी बाँडेका हुन्।

पुरुषतर्फको विजेतालाई १ लाख ११ हजार १११ रुपैयाँको साथमा मेडल, ट्रफि र प्रमाणपत्र दिने उल्लेख थियो। उपविजेता टोलीलाई ५५ हजार ५५५ रुपैयाँसहित मेडल, ट्रफि र प्रमाणपत्र पुरस्कार तोकिएको थियो।

तर, नगद राशी बराबर ८३ हजार ३३३ रुपैयाँका दरले बाँडिएको छ। ट्रफि भने गोलाप्रथाबाट समिर सुनचाँदी पसलले विजेताको पाएको छ।

३ सेटको खेल सकिदाँ २ सेट माछापुच्छ्रुे र एक सेट समीर सुनचाँदीले जितेको थियो। चौंथो सेटको खेल समीरको १६ र माछापुच्छ«ेको ११ अंक हुँदा अध्यारो भएपछि खेल रोकिएको हो।

महिलातर्फको उपाधि भने माछापुच्छ्रुेगाउँपालिकाको टोलीले जितेको छ। फाइनलमा कावासोती नवलपुरलाई ३–१ सेटले पराजित गर्दै माछापुच्छ्रुे च्याम्पियन बनेको हो।

पुन समाज नेपालले पोखराको रामघाटमा आयोजना गरेको भलिबलको महिलातर्फ च्याम्पियन बनेको माछापुच्छ्रुेले उपाधिसँगै ६६ हजार ६६६ रुपैयाँ, मेडल, ट्रफि र प्रमाणपत्र पाएको छ।
उपविजेता नवलपुरले ३३ हजार ३३३ रुपैयाँ साथमा मेडल, ट्रफि र प्रमाणपत्रमा चित्त बुझायो।
४० बर्ष उमेरमाथिको पुरुष प्रौढको उपाधि रामबजार भेट्रान्सले हात पारेको छ।

प्रतिस्पर्धी टोली सिद्धिकाली शुक्लागण्डकी भेट्रान्सलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्यिन बन्न सफल भयो।

उपाधिसँगै रामबजार भेट्रान्सले ३३ हजार ३३३ रुपैयाँसँगै मेडल, ट्रफि र प्रमाणपत्र पाएको छ। उपविजेता सिद्धिकालीले २० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझायो। माघ १५ गतेदेखि प्रतियोगिता सुरु भएको थियो।

माघ २०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्