डियर कल्याणलाई मातृशोक

काठमाडौँ- चर्चित रेडियो कार्यक्रम प्रस्तोता तथा उपन्यासकार डियर कल्याणकी आमा नमादेवी गौतमको निधन भएको छ।

नमादेवी नेपालका बाइसे/चौबिसे राज्यमध्ये उदयपुर (प्युठान) का अन्तिम राजा शान्तराज अधिकारीकी जेठी छोरी हुन्।

नमादेवीको निधन गत माघ १२ गते भएको हो। उनको जन्म प्युठान जिल्लाको उदयपुर गाविसमा वि. सं. १९८७ माघ ८ गते भएको थियो।

नमादेवीका ५ छोरा र ३ छोरी छन्।

 

माघ २०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्