मधेस प्रदेशसभाको ६ वर्ष : २७५ वटा बैठक मात्र बस्यो

Madhesh-Pradesh

मधेस प्रदेशको प्रदेशसभामा ६ वर्ष पूरा भएको छ । स्थापनाकालदेखि हालसम्ममा २७५ वटा बैठक बस्दा कुल ३८६ घण्टा ३१ मिनेट ५६ सेकेन्ड बैठक चलेको प्रदेशसभा सचिवालले जनाएको छ।

पहिलो कार्यकालमा ०७४ माघ २१ गते पहिलो बैठक बसेको प्रदेशसभाको ०७९ असार ३२ सम्म बस्दा प्रदेशसभाको ९ वटा अधिवेशनमा २२८ वटा बैठक बसेको थियो । दोस्रो कार्यकालमा भने २ वटा अधिवेशनमा ४७ वटा बैठक बसेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

पहिलो कार्यकालमा प्रदेशसभाको ९ वटा अधिवेशनमा २२८ वटा बैठक बस्दा कुल ३ सय ११ घण्टा १८ मिनेट ५६ सेकेन्ड प्रदेशसभा सञ्चालन भएको थियो ।

दोस्रो कार्यकालको पहिलो वर्षमा भने प्रदेशसभाको २ वटा अधिवेशनमा ४७ वटा बैठक बस्दा ७५ घण्टा ३१ मिनेट बैठक चलेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

माघ २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्