काठमाडौँ – फुटपाथ व्यापारीहरुले काठमाडौँ महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन्।

संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिको आयोजनामा महानगरविरुद्ध विरोध प्रदर्शन भएको हो।

शान्तिबाटिकाबाट जुलुससहित प्रदर्शन गरेका उनीहरुल काठमाडौँ प्लाजा पुगेर धर्ना दिएका थिए। काठमाडौँ महानगरविरुद्ध फुटपाथ व्यापारीहरु निरन्तर आन्दोलित छन्।