रचिन र विलियमसनको शतकीय इनिङ्समा दक्षिण अफ्रिकाविरुद्ध न्युजिल्यान्डको उत्कृष्ट सुरुवात

दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच जारी दुई खेलको टेस्ट सिरिजको पहिलो खेलमा न्युजिल्यान्डले राम्रो सुरुवात गरेको छ। आइतबार टस हारेर पहिले ब्याटिङ सुरु गरेको न्युजिल्यान्डले पहिलो दिनको खेल सकिँदासम्म २ विकेट गुमाएर २ सय ५८ रन बनाएको छ।

पहिलो इनिङ्समा न्युजिल्यान्डका लागि केन विलियमसन र रचिन रविन्द्रले शतकीय इनिङ खेल्दै अविजित छन्। विलयमसन १ सय १२ रनमा अविजित रहँदा रविन्द्र १ सय १८ रन बनाएर खेलिरहेका छन्। यी दुईबीच तेस्रो विकेटका लागि २ सय १९ रनको अविजित साझेदारी भइसकेको छ।

त्यसअघि ओपनर टोम लाथम २० रनमा आउट हुँदा डेभन कनवे १ रनमा आउट भएका थिए। दक्षिण अफ्रिकाका लगि टेस्पो मोरेइक र डेनी पाटेर्सनले समान १–१ विकेट लिए।

माघ २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्