कार्यान्वयनको सुनिश्चिततासहित संसदबाट विधेयक पारित गर्नुपर्छः सभामुख घिमिरे

फाइल तस्बिर

काठमाडौँ – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कार्यान्वयनको सुनिश्चिततासहित संसदबाट विधेयक पारित गर्नुपर्ने बताएका छन्।

आइतबार संघीय संसद भवनको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राज्यलाई आवश्यक परेका विधेयकमाथि आवश्यक छलफल गरेर विधेयकहरु पारित गर्नुपर्ने बताएका हुन्।

उनले पारित गर्नु मात्रै ठूलो कुरा नहुने भन्दै पारित गरिएका विधेयकहरु कार्यान्वयन गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिए। उनले संसदको सौन्दर्यता भनेकै आवश्यक विधेयक पारितपछि कार्यान्वयन गर्नु रहेको बताए।

उनले संसद क्यालेण्डरअनुसार चलाउनुपर्नेमा जोड दिइरहेको बताए। उनले प्रिबजेट छलफलका लागि कानूनी प्रवन्ध अध्यादेशमाफर्त आएको र सरकारले आवश्यक ध्यान दिइरहेको पनि बताए। सभामुख घिमिरेले सरकारले हिउँदे अधिवेशनमा बिजनेसको कमी नहुने जनाएको पनि बताए।

माघ २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्