लागुऔषधसहित वीरगञ्जबाट एक जना पक्राउ

सांकेतिक तस्बिर।

वीरगञ्ज – लागुऔषधसहित वीरगञ्जबाट एकजना पक्राउ परेका छन्।

लागुऔषधसहित पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२३ बस्ने १८ वर्षीय राकेश दास तत्वा रहेका छन्। वीरगञ्ज महानगरपालिका–२५ स्थित सडकखण्डबाट तत्वालाई चेकजाँचको क्रममा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका उनको साथबाट ओनेरेक्स ३७ बोतल बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता उवम् डिएसपी कुमार विक्रम थापाले जानकारी दिए। तत्वालाई लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको थापाले बताए।

माघ २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्