भारतीय अभिनेत्री पूनम पाण्डेबिरुद्ध उजुरी

पाठेघरको क्यान्सरका कारण आफ्नो निधन भएको भनेर झुटो खबर फैलाएको भन्दै भारतीय अभिनेत्री तथा मोडल पूनम पाण्डेबिरुद्ध उजुरी दर्ता भएको छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार अधिवक्ता अली काशिफ खान देशमुखले उनीबिरुद्ध मुम्बईमा उजुरी दर्ता गराएका हुन्।

पूनमको म्यानेजर र एजेन्सी हटफ्लाईबिरुद्ध पनि उजुरी दर्ता गरिएको छ। देशमुखले पूनम र उनका सहयोगीबिरुद्ध आइपिसी सेक्सन ४१७, १२० बी, ३४ अनुसार कारबाही गर्न माग गरेका छन्।

पूनम पाण्डेले शुक्रबार आफ्नो निधन भएको भन्दै झुटो खबर इन्स्टाग्राममार्फत सार्वजनिक गराएकी थिइन्।

पाठेघर क्यान्सरको सचेतनाका लागि आफूले आफ्नो निधन भएको झुटो खबर फैल्याएको उनले दाबी गरेकी थिइन्।

माघ २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्