लुम्बिनी सरकारद्वारा देशसञ्चारकर्मी घिमिरेसहित १६ जना पुरस्कृत

दाङ – लुम्बिनी प्रदेश सरकारले देशसञ्चारकर्मी दशरथ घिमिरेसहित १२ जना पत्रकारलाई  सिर्जनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ। यस्तै, एक जना पत्रकारलाई अग्रज पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ।

रेडियो हाइवेका प्रबन्ध निर्देशक केपी घिमिरेलाई अग्रज पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो।

लुम्बिनी प्रदेश स्थापना दिवसको अवसर पारेर प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र गृहमन्त्री सन्तोषकुमार पाण्डेयले सयुक्त रुपमा सिर्जनशील पत्रकारिता पुरस्कारअन्तर्गत ५० हजार र अग्रज पत्रकारिता पुरस्कारबाट एक लाख रुपैयाँसहित पुरस्कृत गरिएको थियो।

यस्तै, सिर्जनशील पत्रकारिता पुरस्कारबाट पत्रकार चुमा आचार्य, रामप्रसाद चौहान, तेजेन्द्र केसी, रवीन्द्र प्रताप गुप्ता, भुपाल थापा, अर्जुनकुमार वली, जयमान बुढामगर, माधवप्रसाद अर्याल, वीरेन्द्र केसी, सिराजुद्धीन खान, मधुसुदन भन्डारी पुरस्कृत भएका छन्।

यस्तै, पत्रकारिता, कला संस्कृतिको संरक्षण, अधिकारको क्षेत्रमा वकालत गर्दै आएका पत्रकार सन्तोष दहित, विमला चौधरी र भगवती पाण्डेलाई पनि पुरस्कृत गरिएको छ।

माघ २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्