वैवाहिक जीवनमा बाँधिए अभिनेता गाैरव पहारी

काठमाडौं- अभिनेता तथा निर्माता गौरव पहारी वैवाहिक जीवनमा बाँधिएका छन्। उनले प्रेमिका श्रेणी खतिवडासँग लगनगाँठो कसेका हुन्।

विवाहअघि यो जोडी तीन वर्षदेखि प्रेम सम्बन्धमा थियाे।

श्रेणी पेशाले जुम्बा (नृत्यका माध्यमबाट गरिने फिटनेस) प्रशिक्षक हुन्।

गौरवले ‘मञ्जरी’बाट अभिनेताको रूपमा डेब्यु गरेका थिए। त्यसयता ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘साइँली’, ‘रातो घर’, ‘छक्का पञ्जा २’ लगायत दुई दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेका छन्।

उनी ‘साइँली’का निर्माता पनि हुन्।

माघ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्