डाँका र चरेस मुद्दामा कैद जरिवाना पाई फरार रहेका दुई जना पक्राउ

सांकेतिक तस्बिर।

वीरगञ्ज- प्रहरीले बाराबाट डाँका र चरेस मुद्दामा अदालतबाट कैद जरिवाना पाई फरार रहेका दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा देवताल गाँउपालिका- ६ रौवाही बस्ने ६८ वर्षका जादोलाल राउत र आदर्शकोतवाल गाँउपालिका-१ चिउटाहा बस्ने ६५ बर्षका रउदी बैठा रहेका छन्।

राउतलाई डाका मुद्दामा अदालतले जरिवाना १३ हजार ५ सय तोकेको थियो भने बैठालाई लागुऔषध (चरेस) मुद्दामा कैद १ महिना, जरिवाना दुई हजार तोकेको थियो।

फरार रहँदै आएका दुबै जनालाई पक्राउ गरिएको तथा उनीहरूलाई आवश्यक कारवाहीको लागि अदालतमा उपस्थित गराइने बाराका प्रहरी प्रबक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

माघ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्