मुगुमा आगलागी हुँदा २ बालबालिकाकाे मृत्यु

सांकेतिक तस्बिर।

मुगु- मुगुमा आइतबार राति आगलागी हुँदा एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ।

जिल्लाको खत्याड गाउँपालिका- २ गाडेखोला गाउँको एक घरमा राति आगलागी हुँदा दुई बालबालिकाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

मृत्यु हुनेमा १४ वर्षीय विशाल सञ्ज्याल र १२ वर्षीया झरना सञ्ज्याल रहेका छन्।

आइतबार राति बालबालिका र आमा सरस्वती घरको गोठमा सुतेका थिए। गोठमा बालेर राखेकाे आगो गाेठमा सल्किएकाे हाे। आमा सरस्वती भने बाहिर निस्कन सफल भइन्।

घटनालगत्तै प्रहरी चौकी, श्रीकोटबाट खटिएकाे प्रहरीले आगाे नियन्त्रण गरेपनि घर भने पूर्णरूपमा नष्ट भएकाे छ।

पीडित सरस्वतीका श्रीमान लाले सन्ज्याल कामको खोजीमा भारत रहेको पनि प्रहरिले बताएको छ।

माघ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्