सरकारका कामलाई जनतासमक्ष पुर्‍याउनेगरी संसदमा प्रस्तुत हुन पार्टी सांसदलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'। फाइल तस्बिर ।

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गरेका कामलाई जनतासमक्ष पुर्‍याउने गरी संसदमा प्रस्तुत हुन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्।

सोमबार सिंहदरबारमा बसेको पाटीको संसदीय दलको बैठकमा प्रधानमन्त्री दाहालले सरकारले गरेका काम कारबाही जनतासमक्ष पुर्‍याउनेगरी संसदमा आफ्ना धारणा राख्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका हुन्।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा तेस्रो अधिवेशनलाई कसरी व्यवस्थ्ति गर्ने? भन्नेबारेमा छलफल भएको बताए।

उनले बैठकमा प्रधानमन्त्री दाहालले भन्नुभएको भनाइलाई उद्धृत गर्दै सरकारले सुशासनका साथ जनताका पक्षमा उठाएका आवाजलाई संसदमा दरिलो आवाज उठाउन पार्टीका सांसदहरूलाई निर्देशन दिएको बताए

उनले संघीयता कार्यान्वयनसँग सम्बन्धित विधेयक, शिक्षा, प्रहरी समायोजन, निजामति कर्मचारीसँग सम्बन्धित ऐनका बारेमा तयारीका साथ छलफलमा भाग लिन पनि सांसदहरूलाई निर्देशन दिएको पनि बताए।

माघ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्