मतदाता नामावलीमा नाम दर्ता गर्न आयाेगको आह्वान

निर्वाचन आयाेगकाे कार्यालय।

काठमाडौं- निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ।

आयाेगले विज्ञप्ति जारी गर्दै स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको रिक्त स्थानमा पदपूर्तिका लागि आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको हो।

स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका देहायबमाेजिम २३ पदहरू रिक्त भएकाे जानकारी प्राप्त भएबमाेजिम उक्त पदहरूमा कानुनबमाेजिम उपनिर्वाचनमार्फत् आयाेगले पदपूर्ति गर्न लागेकाे हाे।

आयाेगले रिक्त स्थानकाे पदपूर्ति गर्न  नेपाल सरकारसँग परामर्श गरी कानुनबमाेजिम निर्वाचनकाे मिति ताेक्नेगरी आन्तरिक तयारी सुरु गरेकाे छ।

मतदाना नामावली ऐन, २०७२ काे दफा ४ (२) बमाेजिम निर्वाचनकाे मिति ताेकिएपछि साेही मितिदेखि उक्त निर्वाचन प्रायाेजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था रहेकाे छ ।

 

माघ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्