कर विरोधमा आज देशभरका सिनेमा हल बन्द

काठमाडौं- कर विरोधमा साेमबार देशभरका सिनेमा हल बन्द गरिएको छ।

सरकारले लिँदै आएको करको विराेधस्वरूप आज देशभरका सिनेमा हल बन्द गरिएको हाे।

सांकेतिक विरोध भन्दै नेपाल चलचित्र संघले फिल्म प्रदर्शनमा रोक लगाएको हो।

चलचत्रि विकास शुल्क, स्थानीय कर, भ्याटजस्ता शीर्षकमा सरकारले ३६ प्रतशित कर उठाउँदै आएको र यो अव्यावहारिक भएको संघको भनाइ छ।

चलचत्रि विकास शुल्क र स्थानीय कर अव्यावहारिक भएको र यसलाई खारेजी गर्नुपर्ने माग प्रदर्शकको छ।

चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायतका विभिन्न करले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै संघले यसलाई खारेज गर्नुपर्ने माग गरेको छ।

अहिले नेपालमा १५० सिनेमा हल सञ्चालनमा छन्।

संघका महासचिव नरेन्द्र महर्जनका अनुसार सरकारलाई ज्ञापनपत्र दिने तयारीमा छ।

उनले भने, ‘आज सांकेतिक रूपमा एक दिन हल बन्द गर्ने निर्णय गरेका छौं। यसबाट कस्तो प्रतिक्रिया आउँछ त्यहीअनुसार चरणबद्ध रूपमा अगाडि बढ्ने छौं।’

माघ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्