६६ ‍औं ग्रामी अवार्ड: स्विफ्टले रचिन् नयाँ इतिहास

अमेरिकी पप गायिका तथा गीतकार टेलर एलिसन स्विफ्टले ‘एल्बम अफ द इयर’ मार्फत् इतिहास रचेकी छन्।

आइतबार सम्पन्न ६६ औं ग्रामी अवार्ड समाराेहमा उनले’मिडनाइट्स’ एल्बममार्फत् वर्षको उत्कृष्ट एल्बमको कीर्तिमान रचेकी हुन्।

एल्बम अफ द इयर चार पटक जित्ने स्विफ्ट अहिले पहिलो गायिका हुन्।

सन् २०२२ मा सार्वजनिक भएको एल्बम मिडनाइट्स दशौं एल्बमका रूपमा आएको हो।

स्विफ्टले यसअघि तीन पटक ग्रामी अवार्ड जित्ने पहिलो र एकल महिला कलाकारकाे रूपमा इतिहास रचेकी थिइन्।

स्विफ्ट यस वर्ष अन्य पाँच विधामा पनि मनोनयनमा परेकी छन्।

स्विफ्ट गीत गाएर नै बिलिनियर क्लबमा प्रवेश गरिसकेकी छन्। उनका प्रशंसकहरू संसारभर छन्।

माघ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्