चिलीमा भीषण आगलागी: हालसम्म ११२ जनाकाे मृत्यु, १४ हजार घर जलेर नष्ट

दक्षिण अमेरिकी देश चिलीको लागेकाे भीषण आगलागीमा परी हालसम्म ११२ जनाकाे मृत्यु भइसकेको छ। आइतबारसम्म आगलागीमा परी मर्नेहरूकाे संख्या ५१ मात्र थियाे। यो संख्या अझै बढ्ने अनुमान गरिएको छ।

अधिकारीहरूका अनुसार सयौं मानिस बेपत्ता छन्। १४ हजार घर जलेर नष्ट भएका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार भिना डेल मार र भल्पराइसो सहरको जंगलमा पहिलोपटक आगो लागेको थियो। आगाे निकै तीव्र गतिमा फैलिएकाे थियाे।

जर्मन मिडिया डिडब्ल्यूका अनुसार प्रशासनले सेनालाई मद्दतको लागि बोलाएको थियाे।

न्यूयोर्क टाइम्सका अनुसार चिलीमा १४ वर्षपछि यस्तो विनाशकारी घटना घटेकाे हाे। सन् २०१० मा गएकाे भूकम्पमा परी ४०० जनाको मृत्यु भएको थियो।

गम्भीर अवस्थालाई ध्यानमा राख्दै राष्ट्रपति गेब्रियल बोरिकले देशमा संकटकाल घोषणा गरेका छन्। दुई दिने राष्ट्रिय शोकको घोषणा पनि गरिएको छ।

 

माघ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्