काठमाडौं- मानव अधिकार तथा शान्ति समाजले काठमाडौंस्थित रुसी राजदूतावास अगाडि युद्धविराेधी प्रदर्शन गरेकाे छ।

युद्ध सुरु भएपछि रुसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै समाजले नेपालभरि सय भन्दा बढी प्रदर्शन गरिसकेको छ।

युक्रेनमाथिको आक्रमण बन्द गर्न र युद्धको कहालीलाग्दो सिलसिला तत्काल अन्त्य गर्न पनि प्रदर्शन गरिएकाे हाे।

साथै प्रदर्शनमा नेपालीहरूलाई विभिन्न प्रलोभन दिएर रुसी सेनामा भर्ती गर्ने र युद्धमा प्रयोग गर्ने कार्य तत्काल रोक्न रुसलाई आग्रह पनि गरिएकाे छ।

हेर्नूहोस् तस्बिरहरू: