संसदको महासचिव नियुक्तिमा राष्ट्रपतिबाट राजनीति भयोः एमाले सांसद दाहाल

एमाले सांसद देवेन्द्र दाहाल। फाइल तस्बिर।

काठमाडौँ – नेकपा एमालेका सांसद देवेन्द्र दाहालले संघीय संसदको महासचिवमा राष्ट्रपति रामचन्द्र पौडेलले चलखेल गरेको आरोप लगाएका छन्।

सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले संघीय संसदको महासचिव पद खालि अवस्थामा हुनु र अधिवशेन सुरु भइसक्दा पनि कार्यवाहकबाट काम चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयो? भन्दै प्रश्न गरे।

महासचिवमा राष्ट्रपतिले राजनीति गरेको उनको आरोप थियो। उनले राष्ट्रपति पौडेललाई महासचिव पदमा चलखेल नगर्न चेतावनी दिए। कानूनअनुसार सिफारिस गरिएको महासचिव अविलम्व नियुक्ति गर्न उनले आग्रह गरे।

उनले आगामी बैठकहरुमा राष्ट्रपतिको बारेमा कडा शब्द प्रयोग गर्नुपर्ने स्थिति नबनाउन चेतावनी दिँदै राष्ट्रपति पदको गरिमालाई कामय राख्न आग्रह गरे।

माघ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्