अरुण चौधरीसहित तीन जनामाथि अनुसन्धान गर्न दुई दिन म्याद थप

काठमाडौं- बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले दुई दिन म्याद थप गरेको छ।

बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयरका सञ्चालक चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले तीन दिन म्याद थप गरेको हो। केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई माघ १८ मा पक्राउ गरेको हो।

माघ १८ मा पक्राउ परेपछि चार दिन म्याद थप गरिएका यी तीन जनामाथि अनुसन्धान गर्न अदालतले तीन दिन म्याद थप गरेको हो।

माघ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्