महिला मानसिक स्वास्थ्यका लागि च्यारिटी सो

महिलाहरुमा मानसिक स्वास्थ्यको महत्त्वलाई बढावा दिनका लागि चेतना र समर्थन जगाउन ‘जिल्ला ३२९२ को रोटरी ई-क्लब’ले शनिबार च्यारिटी सो आयोजना गरेको छ।

महिलाहरुले सामना गर्ने विशिष्ट चुनौती र विकारलाई सम्बोधन गर्न उक्त कार्यक्रम केन्द्रित थियो। क्लबले डिप्रेसन, चिन्ता, र खानपान विकार जस्ता सरोकारहरूलाई समेटेर महिलाहरूका लागि विशेष मानसिक स्वास्थ्य समस्याहरूको लागि बुझाइ र समानुभूति बढाउने लक्ष्य राखेको छ।

च्यारिटी सो नयाँ बानेश्वरस्थित वान सिनेमामा भएको थियो, जसमा चलचित्र ‘फाइटर’ प्रस्तुत गरिएको थियो। यस पहलले समाजमा योगदान गर्न र उद्देश्यपूर्ण कार्यहरू मार्फत एकता प्रवर्द्धन गर्न क्लबको प्रतिबद्धतालाई जोड दिने आयोजकले बताएका छन्।

करिब २०० जना उक्त कार्यक्रमप्रति प्रतिबद्दता जनाउन र समर्थन दिन उपस्थित भएका थिएI रोटरीमा जनचेतना फैलाउन वार्षिक थिम र रोटरी गीत पनि बजाइएको थियो। सावित्री कञ्चनजङ्घा अगरबत्तीले शीर्षक प्रायोजकको रूपमा यसका लागि सहयोग गरेको थियो।

च्यारिटी शोकार्यक्रम मार्फत उठाइएको रकम तोकिएको काममा खर्च गरिनेछ।

माघ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्