लुम्बिनीः फागुन १८ गतेका लागि प्रदेश सभा बैठक आह्वान

दाङ – लुम्बिनी प्रदेशको तेस्रो अघिवेशन आह्वान भएको छ।

फागुन १८ गते शुक्रबार दिउँसो ३ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको हो।

मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभा बैठक आह्वान गरेका हुन्।

माघ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्