सहकारीमा देखिएको चरम निराशा सरकारको प्राथमिकतामा पर्नुपर्छः रवि लामिछाने

फाइल तस्बिर।

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो समय वित्तीय संस्थाहरु बैंक र सहकारीमा देखिएको निराशा सरकारको प्राथमिकतामा पर्नुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानी गर्दै सभापति लामिछानेले सरकारले सत्ता टिकाउने, सरकार चलाउने र सरकार जोगाउने किसिमका कामका लागि मात्रै संसद नभएर जनतासँग उत्तदायी भएर काम गर्नुपर्ने बताए।

उनले सरकारले सत्ता टिकाउने गरी आवश्यक नभएको विधेयक संसदमा पेश गर्ने तयारी गरेको सुनिएको भन्दै जनताप्रति उत्तरदायी सदन बनाउनुपर्नेमा जोड दिए।

उनले भन, ‘आवश्यकताभन्दा बाहिरका कानूनहरु संसदमा ल्याउने भनिएको छ। ४० कानून आवश्यक भनिएको छ। त्यसमा सम्पत्ति शुद्धीकरणका कुराहरु छन्। वित्तीय संस्थाहरुमा देखिएको चरम एउटा निराशाको अवस्थामा बैंक सहकारीलगायतमा देखिएको निराशा सरकारको प्राथमिकतामा पर्छ कि पदैनन्? यस्ता विषयहरु सरकारको प्राथमिकतामा परोस्।’

माघ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्